काठमाडौँ, ४ पुस । चेल्सी लिग कप (कारबाओ कप) को सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न लिग कपको क्वाटरफाइनलको खेलमा न्यूक्यासल युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सी लिग कपको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै क्लब १-१ गोलको बराबरीमा रोकिएका थिए । चेल्सीका लागि खेलको ९२औं मिनेटमा मिखाइलो मुड्रिकले बराबरी गोल गर्दै खेलमा फर्काएका थिए ।
त्यसअघि कलुम विल्सनले न्यूक्यासलका लागि खेलको १६औं मिनेटमा नै शुरुवाती गोल गरेका थिए । पेनाल्टी सुटआउटमा चेल्सी ४-२ ले विजयी भएको थियो ।
अहिलेसम्म लिग कपको सेमिफाइनलमा चेल्सीसहित एभर्टन र् मिड्ल्सब्रफ पुगेका छन् । क्वाटरफाइनलको अन्तिम खेलमा आज रति लिभरपुल र वेस्टह्याम युनाइटेड खेल्दै छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया