मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

गेटाफेसँग ३-३ गोलको बराबरीमा रोकियो एटलेटिको म्याड्रिड

गेटाफेको १८ खेलमा २६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा एटलेटिको गेटाफेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

गेटाफेले खेलको ९३औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो ।

त्यसअघि ३-१ ले पछि परेको गेटाफेका लागि ८७औ मिनेटमा ओस्कार रोड्रीगेजले दोस्रो गोल गरेका थिए । त्यस्तै गेटाफेका लागि बोर्जा मायोरलले दुई गोल गरेका थिए ।

त्यस्तै एटलेटिको म्याड्रिडका लागि एन्टोनी ग्रीजम्यानले २ गोल गरे भने अल्भारो मोराटाले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ३८औँ मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा समिति भएको थियो ।

यो बराबरीपछि एटलेटिको म्याड्रिडको ला लिगामा १७ खेलमा ३५ अंक भएको छ र तेस्रो स्थानमा रहेको छ । समान ३५ अंक रहेको बार्सिलोना गोल अन्तरका आधारमा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी गेटाफेको १८ खेलमा २६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार