काठमाडौंः दक्षिण अफ्रिकाले भारतविरुद्धको दोस्रो एकदिवसीय खेल जितेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको हो ।
जारी सिरिजको दोस्रो खेलमा भारतले दिएको २१२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४२.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गर्दै भारतले ४६.२ ओभरमा अल आउट हुदै २११ रन बनाएको थियो ।
यो जितपछि दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यसअघि पहिलो खेल भारतले जितेको थियो ।
अब सिरिजको तेस्रो तथा अन्तिम खेल विहिबार हुने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया