मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप महिला क्रिकेटः कोशीले बागमती प्रदेशलाई ८ विकेटले हरायो

कोशीको जीतमा काजल श्रेष्ठको सर्वाधिक ४१ रनको योगदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधाममन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ।

बागमतीले कोशी प्रदेशलाई जीतका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो। जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। कोशीको जीतमा काजल श्रेष्ठले सर्वाधिक ४१ रनको योगदान दिइन्। उनले ५१ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन्।

कोशी प्रदेशकी अर्की खेलाडी अपसरी बेगमले पनि समान ४१ रन बनाइन् । उनले ५४ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४१ रन बनाएकी हुन्। कप्तान रुविना क्षेत्रीले दुई रन बनाइन्।

बलिङतर्फ बागमतीकी संस्कृति फुयाँल र सोनी पाख्रिनले समान एक/एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो।

बागमतीका लागि यशोधा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन्। त्यस्तै अस्मीना कमचार्यले २४ रन बनाइन्। त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडिन भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीनरतीन जोडे।

बलिङतर्फ कोशी प्रदेशकी अपसरी बेगम र सबनम राइले समान दुईरदुई विकेट लिए भने सङ्गीता राईले एक विकेट लिइन्। यस जीतसँगै कोशी प्रदेशले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो।

यता बागमतीको भने यो पहिलो हार हो । हिजो भएको खेलमा बागमतीले मधेस प्रदेशलाई पराजित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार