मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता पुस २० देखि

विभिन्न खेलमा ६६ स्वर्ण, ६६ रजत र ६६ काँस्य पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः म्याग्दीको बेनीमा जिल्लास्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । पुस २० गतेदेखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक नगरपालिकासहित ६ स्थानीय तहका खेलाडीको सहभागिता रहनेछ ।

आइतबार बिहान जिल्ला खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी थालिएको जानकारी दिएको छ ।

पालिकास्तरमा सञ्चालन भएका अन्तर माविस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा भाग लिने खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्शल आर्ट विधाका विभिन्न खेलमा ६६ स्वर्ण, ६६ रजत र ६६ काँस्य पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम हुने पालिकालाई नगद २० हजार सहित रनिङ शिल्ड, प्रमाणपत्र, पदक र ट्रफी वितरण गरिनेछ । त्यस्तै दोस्रो र तृतीय हुनेलाई क्रमशः नगद १५ हजार, १० हजार, पदक, प्रमाणपत्र र ट्रफी वितरण गरिने अध्यक्ष केसीले बताउनुभयो ।

प्रतियोगिता सञ्चालनलाई विभिन्न उपसमिति गठन गरी तयारी थालिएको उहाँले बताउनुभयो । प्रदेश खेलकुद परिषदबाट रनिङ शिल्ड आइसकेको उहाँले जानकारी दिनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाले तोके बमोजिमका सबै खेलकुद प्रतियोगितामा समावेश गरिने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार