मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप : मधेश प्रदेशले लुम्बिनीलाई ८ विकेटले हरायो

लुम्बिनीको लागि कमला जीएम र सुस्मिता भुषालले एक–एक विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगितामा ६ खेल खेलेको मधेश प्रदेशको यो दोस्रो जित हो ।

लुम्बिनीले जितको लागि दिएको ९७ रनको सामान्य लक्ष्य मधेश प्रदेशले भने १८.५ ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।

मधेशको जितमा ओपनर पूजा महतोले अविजित ६० रनको योगदान गरिन् । अनुराधा चौधरीले १७ र सरस्वती कुमारीले अविजित १२ रन बनाइन् ।

लुम्बिनीको लागि कमला जीएम र सुस्मिता भुषालले एक–एक विकेट लिए ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९६ रन बनाएको थियो । लुम्बिनीका लागि ओपनर लक्ष्मी चौधरीले अविजिति ६४ रन बनाएकी थिइन् । कप्तान सरस्वती जीएमले १० रन बनाईन्।

मधेश प्रदेशको लागि साक्षी यादवले दुई विकेट लिएकी थिईन् । यस्तै, पूजा महतो, आरती महतो र कविता गौतमले समान एक–एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार