मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अर्जुन ट्रफी क्यानको क्यालेन्डरमा समावेश

प्रतियोगितामा सात प्रदेशका ७ क्लबहरुले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी, १९ पुस ।  गो ड्रिमर्सले आयोजनाको प्रस्ताव गरेको अर्जुन ट्रफी टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितालाई नेपाल क्रिकेट संघ(क्यान)ले आफ्नो क्यालेन्डरमा समावेश गरेको छ।

क्यानले बिहीबार सार्वजनिक गरेको क्यालेन्डरमा आगामी नोभेम्बर र डिसेम्बरमा आयोजना हुने गरि अर्जुन ट्रफीलाई समावेश गरेको हो।

गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीका अनुसार धनगढी क्रिकेट एकेडेमीका पूर्व प्रशिक्षक नेपाली क्रिकेटका धरोहर दिवंगत प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा उक्त प्रतियोगिता आयोजनाको प्रस्ताव गरिएको थियो।

यसअघि धनगढी प्रिमियर लिग(डीपीएल)जस्ता व्यवसायिक ठूला प्रतियोगिताहरु आयोजनाको अनुभव सम्हालिसकेका शाहीले अर्जुन ट्रफीले नेपाली क्रिकेटमा बेन्चमार्क सेट गर्ने बताए। प्रतियोगितामा सात प्रदेशका ७ क्लबहरुले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

‘अर्जुन दाईले नेपाली क्रिकेटमा निभाउनुभएको भूमिका अतुलनीय छ। उहाँले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटरहरु जन्माउनुभएको छ,’ शाहीले भने, ‘उहाँको योगदानको कदर गर्दै हामीले यो प्रतियोगिता आयोजनाको प्रस्ताव गरेका थियौं। हाम्रो प्रस्तावलाई स्वीकार गर्दै क्यालेन्डरमा समावेश गरिदिएकोमा क्यानलाई धन्यवाद दिन चाहान्छु। साथै सम्पूर्णलाई प्रतियोगितामा जोडिन आह्वान गर्दछु।’

आफ्नो सम्पूर्ण जीवन नै क्रिकेटमा नै समर्पण गरेका खड्का सुदूर पश्चिमाञ्चल क्षेत्रकै क्रिकेटको सम्मानिय अभिभावक हुन्। उनको प्रशिक्षकत्वमा हुर्किएका भुवन कार्की, नरेश बुढाऐर, विनोद भण्डारी, प्रदिप ऐरी ,राजु रिजाल, सुनिल धमला, सोनु खड्का जस्ता थुप्रै खेलाडीहरुले नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

भारतको क्रिकेट नर्सरी मानिने मुम्बई शहरमा बाल्यकाल विताएका अर्जुन खड्काले त्यही क्रिकेट प्रशिक्षण गरेका थिए। पारिवारिक कारणले धनगढी आएपछि सुरुमा उहाँले स्थानीय कर्भडहलमा निःस्वार्थ रुपमा स्थानिय युवाहरुलाई प्रशिक्षण गराउँथे। पछि उनले २०७० सालमा धनगढी क्रिकेट एकेडेमीको स्थापना भएपछि मुख्य प्रशिक्षकको रुपमा काम गरे। उनको प्रशिक्षण तथा मेहेनतले धनगढी क्रिकेट एकेडेमी छोटो समयमै थुप्रै चर्चा तथा उपलब्धि हासिल गर्न सफल भएको थियो। २०७२ भदौमा उनको निधन भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार