मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

रणजी ट्रफीमा चेतेश्वर पुजाराको दोहोरो शतक

सर्वाधिक दोहोरो शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा पुगे पुजारा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २२ पुस । हाल भारतको राष्ट्रिय क्रिकेट टिमबाट बाहिर रहेका ब्याट्सम्यान चेतेश्वर पुजाराले रणजी ट्रफी २०२४ को पहिलो चरणमा उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनले सिजनको पहिलो खेलमा नै दोहोरो शतक बनाएका छन् । पुजाराले झारखण्डविरुद्ध ३५६ बलमा अविजित २४३ रन बनाएका छन् ।

रणजी ट्रफीमा उनको यो आठौं दोहोरो शतक हो । अब उनी यस प्रतियोगितामा सर्वाधिक दोहोरो शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । अब उनीभन्दा अगाडि पारस डोगरा छन् जसले ९ दोहोरो शतक बनाएका छन् ।

सिजनको आफ्नो पहिलो खेलमा उनले झारखण्डविरुद्धको खेलको दोस्रो दिन १ सय ५७ रन बनाएर अविजित थिए। उनले तेस्रो दिनको पहिलो सत्रमा दोहोरो शतक पूरा गरे ।

पुजारा अहिले हर्बर्ट सटक्लिफ र मार्क रामप्रकाशको १७ प्रथम श्रेणीको दोहोरो शतकको बराबरीमा छन् । फर्स्ट क्लास क्रिकेटमा सबैभन्दा धेरै दोहोरो शतक बनाउनेमा चेतेश्वर पुजाराको नाम डन ब्राडम्यान (३७), वाली ह्यामन्ड (३६) र पाट्सी हेन्ड्रेन (२२) पछि परेको छ। पुजाराका अलावा हर्बर्ट सटक्लिफ र मार्क रामप्रकाशले पनि १७ दोहोरो शतक बनाएका छन् । पुजाराको नाममा तीन प्रथम श्रेणीको त्रि-शतक पनि छ, जसमध्ये अन्तिम अक्टोबर २०१३ मा वेस्ट इन्डिज ए विरुद्ध बनेको थियो ।

यो इनिङ्ससँगै पुजाराले इङल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि राष्ट्रिय टिममा फर्किने दाबीलाई बलियो बनाएका छन् । भारतले इङल्याण्डविरुद्ध पाँच टेस्टको सिरिज जनवरी २५ बाट खेल्दैछ ।

पुजाराले पछिल्लो पटक जुनमा ओभलमा अस्ट्रेलियाविरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा टेस्ट खेलेका थिए, जसमा उनले १४ र २७ रन बनाएका थिए जसमा भारत २०९ रनले पराजित भएको थियो । भारतले त्यसपछि जुलाई २०२३ मा वेस्ट इन्डिजमा र हालसालै दक्षिण अफ्रिकामा दुई खेलको दुईवटा टेस्ट सिरिज खेलेको छ । यी खेलमा पुजारालाई टिममा समावेश गरिएको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार