काठमाण्डौः म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले विगन एथलेटिकलाई २-० गोल अन्तरले पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको हो । म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट र ब्रुनो फेर्नानडेजले एक एक गोल गरेका थिए ।
अब म्यानचेस्टर युनाइटेडले चौथो चरणमा न्यूपोर्ट र एस्टलेइफबीचको विजेतासँग २७ जनवरीमा खेल्ने छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया