असार २९, २०८२ आइतबार July 13, 2025

भूमि फिर्ता लिनका लागि बलियो राष्ट्रिय एकताको आवश्यकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३२ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले नेपाली भूमि फिर्ता लिनका लागि बलियो राष्ट्रिय एकताको आवश्यकता औल्याएका छन् । आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागि सांसदहरुले भूमि फिर्ता गर्न बलियो राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका हुन् । सांसद रामनारायण विडारीले भूमि फिर्ताका लागि पुरा गर्नुपर्ने नेपाल र नेपालीको कर्तव्य भएको बताउनुभएको छ ।

अहिलेको अवशर प्राप्त गर्नका लागि धेरै आन्दोलन गर्नुपरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘लाठी खाइयो, थुनामा परियो, कालापानी क्षेत्र हाम्रो हो भन्दा गोदाइ खाइयो । त्यस्तो हुँदहुँदै आज हामी यहाँ आइपुग्यौँ । यति काम गर्नका लागि हामीलाई गणतन्त्र चाहिने अवस्था परेको रहेछ । गणतन्त्र नआइ यो काम भएन् । जति धाक लाएपनि, जति लिपपोत गरेपनि, जति छोपेपनि गणतन्त्र नआइकन लोकतन्त्र नआइकन हामीले यो काम गर्न सकेनौँ ।’’

अब भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने, भूमि फिर्ता गराउने र त्यहाँ निर्माण भएको बाटो नेपालको स्वीकृतिबिना चल्न नदिने कर्तव्य रहेको उहाँले बताउनुभयो ।

भारतबाट पैसा बुझ्नेहरु भूमि फिर्ता ल्याए ओलीको बुट पालिस गर्ने कुरा गरेको भन्दै विडारीले भन्नुभयो ।

‘‘केही केहीले भूमि फिर्ता लियो भने ओलीको बुट पोलिस गर्छु भने, अहिले मोदीको बुट पोलिस गर्दैछन्, फिर्ता अयाो भने ओलीको बुट पोलिस गर्छन् । म प्रधानमन्त्रीलाई आग्रह गर्छु भूमि फिर्ता आएपछि त्यस्ता मान्छेलाई बुट पोलिसभन्दा पनि सीमानामा पाले बनाएर राख्नुपर्छ ।’’

सांसद बेदुराम भूसालले पञ्चायतकालमा अतिक्रमणमा परेको भूमि फिर्ता ल्याएर त्यसर्लाइ संवैधानिक मान्यता दिन विधेयक आएको बताउनुभयो । विगतबाट नै नेपाली भूमि गुमेको कुरा उठेको उल्लेख गर्दै उहाँले पटक पटक भारत सरकारले गरेका निर्णहरुको विरोध भएपनि भारतले त्यसको सुनुवाई नगरेको बताउनुभयो । मातृभूमिको रक्षाका लागि सरकारले गरेको निर्णयको स्वागत गर्दै उहाँले प्रतिनिधिसभामा भएको एकताका लागि उच्च सम्मान व्यक्त गर्छु भन्नुभयो । राष्ट्रियसभाबाट विधेयक पारित गराउनु भूमिको प्रारम्भ विन्दु भएको उहाँले बताउनुभयो । नेपालको भूमि नेपालको नियन्त्रणमा लिन सबै राजनीतिक दल र देश एकतावद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।

सांसद जगप्रसाद शर्माले निशान चिह्नबाट नेपालको चुच्चे नक्सा कसरी हट्यो भन्ने कुराको खोजी हुनुपर्ने बताउनुभयो । गम्भिर विषय निशान चिह्नबाट कसरी हट्यो भन्ने आश्चार्यको विषय बनेकाले पुराना दस्तावेजहरुको आधारमा यसको खोजी हुनुपर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि भारतीयहरुले त्यसलाई मान्यता नदिने भनेर दिएको प्रतिक्रिया स्वभाविक भएको उल्लेख गर्दै उहाँले नक्सा मात्रै नभएर भुमि फिर्ताका लागि बलियो राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो ।

सांसद ठगेन्द्र प्रकाश पुरीले विधेयकको सम्बन्ध राष्ट्रियतासँग जोडिएको बताउनुभयो । राष्ट्रियता देशको माटो र जनताको आत्मा भएकाले यसमाथिको आक्रमण सैह्य नहुने उहाँले बताउनुभयो ।

सांसद जितेन्द्र नारायण देवले नेपाल भारत सीमा विपाद शान्तिपूर्ण वार्ताबाट समाधान गर्ने बाटोतिर जानुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । श्रीलंका र बंगलादेश सीमा विवाद वार्ताबाट नै सम्भव भएको उदाहरण दिँदै उहाँले त्यही बाटोतर्फ जानुपर्नेमा त्यसो हुन नसकेको उहाँले बताउनुभयो । सरकारले त्यही तरिकाले जानुपर्ने भएपनि गएन तर नेपालको भूभाग नेपालीहरुले लिएर छाड्नुपर्ने उहाँले बताउनुभयो । कुटनीतिक वार्ताको माध्यमबाट नेपालको गुमेको भूमि फिर्ता लिएरै छाड्नुपर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभाबाट संविधानको दोस्रो संशोधन विधेयक शनिबार सर्वसम्मतले पारित गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार