मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

यो जितपछि भारतले ३ खेलको सिरिजमा १-० ले अगाडी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। सिरिजको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो।

अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य पछाएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। भारतको जितमा शिभम दुवेले अविजित ६० रन बनाएका थिए भने रिंकु सिंहले अविजित १६ रन बनाएका थिए।

त्यस्तै तिलक बर्माले २६, शुभमन गिलले २३, जितेश शर्माले ३१ रन बनाएका थिए। त्यस्तै कप्तान रोहित शर्मा शुन्यमा आउट भएका थिए।त्यस्तै अफगानिस्तानका बलर मुजीब उर रहमानले २ विकेट लिए भने अज्मातुल्लाह ओमरजाईले एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो। अफगानिस्तानका लागि मोहमद नाबीले ४२ रन बनाए भने अजमतुल्लाह ओमरजाईले २९, कप्तान इब्राहिम जद्रानले २५, रह्मतुल्लाह गुरबाजले २३ रन बनाएका थिए।

त्यस्तै भारतीय बलर मुकेश कुमार र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने शिभम दुवेले एक विकेट लिएका थिए। यो जितपछि भारतले ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ। अब सिरिजको दोस्रो खेल आइतबार हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार