असार १२, २०८३ शुक्रबार June 26, 2026

फेकोफनको अध्यक्षमा पाठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) कोअध्यक्षमा भारती पाठक निर्वाचित हुनुभएको छ । यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाठक सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो ।

पाठक यसअघि कार्यसमितिको महासचिव हुनुहुन्थ्यो । कार्यसमितिको महासचिवमा विर्षबहादुर शाही र सचिवमा ठाकुर भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य सचिव दिलराज खनालले जानकारी दिनुभयो ।

उपाध्यक्ष र कोषाध्यक्षको चयन भने आज बस्ने समितिको पहिलो बैठकले गर्नेछ ।महाधिवेशनले प्रत्येक प्रदेशबाट आठ सदस्य (चार महिला र चार पुरुष) को प्रतिनिधित्व हुनेगरी ५६ र समावेशी सदस्यतर्फ २६ गरी कूल ८२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिका निर्वाचित सदस्यबाटै पदाधिकारी चयन हुने फेकोफनको प्रावधान छ ।
कार्यसमितिमा तीन सदस्य मनोनयन हुने व्यवस्था छ । कार्यसमितिको आज बस्ने पहिलो

बैठकले उपाध्यक्ष र कोषाध्यक्षको पनि सहमतिमै चयन हुने नवनिर्वाचित महासचिव शाहीलेजानकारी दिनुभयो । महाधिवेशनमा देशभरका ७२५ प्रतिनिधिको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार