कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

गुल्मी उद्योग वाणिज्य संघद्धारा तीन युवा कृषकहरुलाई सम्मानित

कृषक नेपालीले इस्मामा रहेर घाँस खेती विरुवा उत्पादन गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गुल्मी उद्योग वाणिज्य संघले जिल्लाका तीन युवा कृषकहरुलाई सम्मान गरेको छ । धुर्कोट गाउँपालिका वडा नम्बर–५ सिस्तुङमा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा रहेर कृषि पेसालाई अंगाल्दै आएका युवा कृषकलाई कृषि पेशामा लाग्न र थप उर्जा प्रदान गर्ने उदेश्यसहित सम्मान गरिएको हो ।

गुल्मी उद्योग वाणिज्य संघको ३२ औं साधारणसभाको अवसरमा इस्मा गाउँपालिका वडा नम्बर–३ का ग्यालेक्सी कृषि फर्मका सञ्चालक गोकर्ण नेपाली, धुर्कोट गाउँपालिका वडा नम्बर–५ का आविष्कार पशुपन्छी फार्मका सञ्चालक रविन्द्र घिमिरे र मदाने गाउँपालिका वडा नम्बर–३ का प्रेम अर्याल सम्मान गरिएको हो ।

सम्मानित तीन जना कृषकलाई नगद प्रमाणपत्रले लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले सम्मान गर्नुभएको हो ।

कृषक नेपालीले इस्मामा रहेर घाँस खेती विरुवा उत्पादन गर्दै आउनु भएको छ । त्यस्तै घिमिरेले धुर्कोटमा रहेर भैंसी पालन गरेर दूध उत्पादन गर्दै आउनु भएको छ ।

अर्यालले मदानेमा रहेर कफी खेती गर्दै आउनु भएको छ । कृषि पेसामा युवाहरुको आकर्षण बढाउन र उनिहरुको काममा थप उर्जा प्रदान गर्नको लागि सम्मान गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताउनुभयो ।

सम्मानित हुने तीन जना कृषकहरु बिगत केहि वर्ष यता ग्रामीण क्षेत्रमा रहेर नमूना कृषकको रुपमा काम गर्दै आएका छन् । यश वर्ष देखि साधारणसभाको अवसरमा उद्योग वाणिज्य संघ गुल्मीले जिल्ला सफल कृषकहरूलाई सम्मान गर्ने थालनी गरेको छ ।

साधारणसभामा हालसम्म गरेका कार्यहरूको बारेमा छलफल र आगामी दिनमा गरिने कार्यहरुको विमर्श गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु
२०८३ कार्तिक २६, बिहिबार
एनपिएलमा सन्दीप लामिछानेको घातक बलिङ, ह्याट्रिकसहित ६ विकेट
२०८३ कार्तिक २६, बिहिबार
संरक्षणको अभावमा कान्तिताल
२०८३ कार्तिक २६, बिहिबार
जलवायु सङ्कट नियन्त्रणका लागि तत्काल कडा कदम चाल्न गुटेरेसको आग्रह
२०८३ कार्तिक २६, बिहिबार
अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ आजदेखि दर्शकमाझ
२०८३ कार्तिक २६, बिहिबार
बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने नेपालको प्रतिबद्धता
२०८३ कार्तिक २६, बिहिबार
एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने
२०८३ कार्तिक २६, बिहिबार