मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप क्रिकेट : आर्मीसँग १२६ रनले हार्यो मधेश प्रदेश

आर्मीका लागि कप्तान विनोद भण्डारीको शानदार ब्याटिंग गर्दै ११३ रन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १ माघ । त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शानदार सुरुआत गरेको छ ।

सोमबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।

आर्मीले दिएको ३२१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले ४८.४ ओभरमा अल आउट हुदै १९४ रन मात्र बनाएको थियो । मधेशका लागि पवन सराफले सर्बाधिक ६५ रन बनाए भने मयन यादवले ३४ तथा राजेश यादवले ३२ रन बनाएका थिए ।

त्यसै गरि आर्मीका बलर शहाब आलमले सर्बाधिक ४ विकेट लिए भने सोमपाल कामीले २ विकेट लिएका थिए । त्यस्तै जितेन्द्र मुखिया र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जीत

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा अलआउट हुदै ३२० रन बनाएको थियो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले शानदार ब्याटिंग गर्दै ११३ रन बनाएका थिए । भण्डारीदले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ११३ रन बनाएर आउट भएका थिए । त्यस्तै सन्तोष कार्कीले ४२ रन बनाएका थिए भने कुशल मल्ल र विवेक यादवले ३७-३७ रन बनाएका थिए । त्यस्तै इमरान सेखले २६, भिम सार्कीले १८ र बसिर अहमदले १६ रन बनाएका थिए ।

यो आर्मीको पहिलो खेलमा पहिलो जित हो भने मधेश प्रदेशको दोस्रो खेलमा पहिलो हार हो ।

अब आर्मीले आफ्नो दोस्रो खेल बुधबार बागमती प्रदेशविरुद्ध मुलपानीमा खेल्ने छ भने मधेश प्रदेशले मंगलबार बागमतीकै सामना गर्दै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार