श्रावण ५, २०८२ सोमबार July 21, 2025

श्रीलङ्कामा पाँच हजारभन्दा बढी डेंगु सङ्क्रमित बिरामी  फेला परे

जनवरीको पहिलो आधामा  पाँच हजार ८२९ जनामा सङ्क्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगु सङ्क्रमित बिरामी  फेला परेका छन् । राष्ट्रिय डेंगु नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा  पाँच हजार ८२९ जनामा सङ्क्रमण देखिएको उल्लेख छ ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी एक हजार ९५६ मामिलाहरू रिपोर्ट गरिएको  छ भने, उत्तरी प्रान्तमा एक हजार ३९० मामिला छन् ।

गत वर्ष, श्रीलङ्कामा ८८ हजार ३९८ डेंगुका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो ।

जनवरीको सुरुमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगु रोकथाम सप्ताह घोषणा गरेको थियो । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया