जेठ २३, २०८३ शनिबार June 6, 2026

तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा गरेका व्यक्तिले ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन् । यही साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए ।

यसअघि बोर्डले तोकेको स्वास्थ्य संस्थामा गएर प्रथम सेवा विन्दुबाट मात्रै प्रथम सेवा लिनुपर्ने व्यवस्था रहेको थियो ।

‘अब झापाको बीमितले कञ्चनपुरमा रहेको प्रथम सेवा विन्दुका लागि सूचीकृत भएको स्वास्थ्य संस्थाबाट उपचार पाउनेछन्’, उनले भने, ‘प्रथम सेवा विन्दुमा गएर उपचार गर्ने व्यवस्थालाई खुला गरिएको हो ।’ ती प्रथम सेवा विन्दुमा उपचार गरेपछि प्रेषण केन्द्र (रिफरल) अस्पतालमा गएर उपचार विमितले पाउनेछन् ।

देशभरि बोर्डमा प्रथम सेवा विन्दु ३७७ वटा स्वास्थ्य संस्था र रिफरल स्वास्थ्य संस्था ९८ वटा रहेका छन् । बोर्डले सङ्घीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानलाई प्रेषण केन्द्रका रूपमा राखेको छ ।

बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् । यस्तै, बोर्डले प्रत्येक स्थानीय तहमा एक/एक वटा प्रथम सेवा विन्दु स्वास्थ्य संस्था राख्न अनुरोध गरेको छ ।

बोर्डका सूचना अधिकारी मल्लले स्थानीय तहअन्तर्गतका कुन कुन सेवा प्रदायक स्वास्थ्य संस्थामा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु आवश्यक पर्ने हो सोको जानकारी गराउन आग्रह गरे ।

सरकारले २०७२ साल कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई उपचार सेवा पुर्‍याउँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
२०८३ जेठ २२, शुक्रबार
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
२०८३ जेठ २२, शुक्रबार
आठ विश्वविद्यालयका लागि उपकुलपतिको ‘सर्टलिस्ट’ सार्वजनिक
२०८३ जेठ २२, शुक्रबार
गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
२०८३ जेठ २२, शुक्रबार
भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने
२०८३ जेठ २२, शुक्रबार
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा
२०८३ जेठ २२, शुक्रबार
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ – मुख्यमन्त्री यादव
२०८३ जेठ २२, शुक्रबार