कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिहरूको नियमित समीक्षा गर्ने योजना बमोजिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ कात्तिकः स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो । साथै, बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समीक्षासमेत गरिएको थियो ।

वर्तमान सरकारले विगतमा विभिन्न पक्षसँग भएका सहमतिहरूको नियमित समीक्षा गर्ने योजनाबमोजिम यो बैठक आयोजना गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले तिहारपछि केन्द्रीय सदस्यसँग कार्ययोजना माग्ने, चार महिनामा प्रगति समीक्षा गर्ने
२०८३ कार्तिक १२, बिहिबार
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
२०८३ कार्तिक १२, बिहिबार
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक १२, बिहिबार
सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी
२०८३ कार्तिक १२, बिहिबार
प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता
२०८३ कार्तिक १२, बिहिबार
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
२०८३ कार्तिक १२, बिहिबार
विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक १२, बिहिबार