मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

टाइगर कप भलिबल प्रतियोगिता: महिला तर्फ पुलिस र आर्मीको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विभागीय टोली नेपाल पुलिस क्लब र अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले महिलातर्फको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब स्तरीय च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आजको खेलमा जित हासिल गरेका छन् ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा आज बिहान भएको पहिलो खेलमा पुलिसले घरेलु टिम गण्डकी भलिबल सङ्घको टिमलाई ३—० को सोझो सेटमा पराजित गरेसँगै ३ अङ्क प्राप्त गरेको छ । यो जितसँगै पुलिसले आइतबार भएको खेलमा एपिएफसंग ३—२ को सेटमा हारेर पनि एक अङ्क प्राप्त गरी हालसम्म ४ अङ्क आफ्नो खातामा जम्मा गर्न सफल भएको हो । गण्डकीको भने पहिलो खेलमा सोझो सेटमा हार व्यहोरेकोले अङ्क प्राप्त गर्न सकेको छैन ।

पुलिसले गण्डकीलाई २५—१०, २५—९ र २५—१६ को सोझो सेटमा पराजित गर्‍यो । नेपालकै टिम कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकीले तीन जना भारतीय खेलाडीहरू मैदानमा उतारे पनि समन्वय अभावले लज्जास्पद रुपमा पुलिससँग हार व्यहोर्नु पर्‍यो । त्यस्तै त्रिभुवन आर्मी क्लबले पाहुना टोली हरियाना टिम भारतलाई ३—२ को सेटमा पराजित गरेको हो । आर्मीले हरियाणा टिम माथि २५—२२, २०—२५, १८—२५, २५—१७ र अन्तिम सेटमा १५—१२ को सेटमा पराजित गरेको हो । आर्मीले ३ अङ्क प्राप्त गर्दा हरियाणाले १ अङ्क प्राप्त गरेको छ ।

पुरुष तर्फ आज भएको पहिलो खेलमा पाहुना टोली श्रीलङ्काको आर्मी टिमले नेपालको सशस्त्र प्रहरी बल एपिएफको टिमलाई ३—१ को सेटमा पराजित गरेको हो । श्रीलङ्काको आर्मी टिमले एपिएफ माथि पहिलो सेटमा २३—२५ पराजित भए पनि त्यस पछि सम्हालिएसँगै २५—१९, २५—२१ र २५—१३ को सेटमा पराजित गरेको हो । जितसँग पाहुना टोलीले २ अङ्क प्राप्त गर्दा एपिएफले आजको खेलमा १ सहित हिजोको खेलबाट ३ गरी ४ अङ्क प्राप्त गरेको छ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका संयोजक दीप कार्कीले जनाउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार