श्रावण ५, २०८२ सोमबार July 21, 2025

अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा

चितवन मेडिकल कलेजले ६० प्रतिशत शेयर लिएर नयाँ व्यवस्थापन सहित अस्पताल सञ्चालनमा ल्यायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वागमती प्रदेशको राजधानी मकवानपुर हेटौँडामा अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा आएको छ । गुणस्तरीय अब्बल स्वास्थ्य सेवा दिंदै आएको चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियान अन्तर्गत हेटौँडास्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो ।

‘गाउँ–गाउँ ठाउँको ठाउँ उपचार सेवा’ भन्ने अभियानलाई आत्मसाथ गर्दै हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालन गरेको चितवन मेडिकल कलेजका निर्देशक दयाराम लम्साललले जानकारी दिनुभयो । चितवन मेडिकल कलेजले ६० प्रतिशत शेयर लिएर नयाँ व्यवस्थापन सहित अस्पताल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

१५ बेडको आकस्मिक सेवासहित मर्जपछि २५ बेडको चुरेहिल हस्पिटललाई एक सय बेडमा विस्तार गरिने योजना रहेको उहाँले बताउनुभयो । गएको भदौ ७ गते हस्ताक्षर गरी मर्ज गरेको हस्पिटलको आज एक समारोहकाबीच शुभारम्भ गरिएको हो । विशेषज्ञ सेवाहसहित अत्याधुनिक ल्याब सेवा समेत उपलब्ध रहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृषण कटुवालले जानकारी दिनुभयो ।

हस्पिटलमा छिटै नर्सिङ विषयको पठनपाठन गर्ने योजना पनि रहेको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो ।

चितवनका स्वास्थ्य संस्थाले मकवानपुरलाई आफ्नो सेवा क्षेत्रको रुपमा लिँदै आएको सन्दर्भमा चितवन मेडिकल कलेजले चुरेहिल हस्पिटलसँग मर्जरनै गरेर सेवा विस्तार गर्ने योजना मकवानपुरको स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण सावित भएको चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा.हरिश्चन्द्र न्यौपानेको विश्वास छ ।

चौबिसैघण्टा विशेषज्ञसहित जटिल अप्रेशनदेखि अन्य स्वास्थ्य सम्बन्धी सेवाको लागि चितवन, काठमाडौँ रिफर गर्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया