काठमाडौं, ४ माघ । जारी अफ्रिका कप अफ नेसन्समा मोरक्कोले विजयी सुरुवात गरेको छ।
गएराती सम्पन्न समुह एफ अन्तर्गतको खेलमा मोरक्कोले तान्जानियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
मोरक्कोको जितमा रोमैन सैस, अज्जेदीन ओउनाही र योउसेफ एन जेस्यरीले एक एक गोल गरेका थिए।
यस खेलमा तान्जानियाका नोभाटस मिरोशीले खेलको ७०औं मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो।
यो जितपछि समुह एफ मा मोरक्कोले महत्वपूर्ण तीन अंक हासिल गरेको छ र समुहमा शीर्ष स्थानमा रहेको छ। अब मोरक्कोले अर्को खेल आइतबार डिआर कंगोसँग खेल्ने छ भने तान्जानियाले आइतबार नै जाम्बियासँग खेल्ने तालिका रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया