मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी क्लबका बलरसामु कोशी प्रदेशका ब्याट्सम्यानहरु निरीह

आर्मी क्लबका बलर साहब आलम एक्लैले ६ विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा त्रिभुवन आर्मी क्लबका बलरसामु कोशी प्रदेशका ब्याट्सम्यानहरु निरीह बनेका छन् । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशीले २४.४ ओभरमै अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो ।

कोशी प्रदेशका लागि ओपनर ब्याट्सम्यान अंकित सुवेदीले मात्र दोहोरो अंकमा रन बनाउन सके । टोलीको कप्तानसमेत रहेका अंकितले ४१ रन बनाए । उनले केवल ३७ बलको सामना गरी नौ चौका पनि हिर्काएका थिए ।

कोशी प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रारम्भदेखि नै निरीह देखिएका कोशीका ब्याट्सम्यानहरु क्रिज समाल्न आउने र लगत्तै पेभेलियन फर्किनेक्रम जारी रह्यो । कोशीका पाँच ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् ।

कोशी प्रदेशले अतिरिक्त रुपमा १९ रन पाएको थियो । अंकितवाहेक कोशी प्रदेशका अन्य कुनै पनि ब्याट्सम्यानले बनाएभन्दा यो बढी रन हो । ओपनर फिरदोष अन्सारी चार रनमै आउट भए । समिर कार्की पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् ।

सुजन थपलिया आठ रन बनाउँदै आउट भए भने सुभन गहतराज पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । सोनु अन्सारी, कमल खत्री, अभ्यास तिमिसिना, सुजन घिमिरे र हेमन्त राईले खाता खोल्न सकेनन् । सोनु मण्डल भने चार रनको आउट भए ।

आर्मी क्लबका बलर साहब आलम एक्लैले ६ विकेट लिएका थिए । उनले ६.४ ओभरमा तीन मेडन राख्दै केवल १४ रन खर्चिएका थिए । कुशल मल्लले पनि दुई विकेट हात पारे । सोमपाल कामी र बिवेक यादबले एक–एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार