जेठ ६, २०८१ आइतबार May 19, 2024

नेप्से परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर एक लाख ६६ हजार नौ सय ८३ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ बराबरको कारोबार भएको छ । जलविद्युत् समुह शून्य दशमलव २० र अन्य समूह एक दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ६१ र वित्त समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिइिडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ३६ हजार एक सय ५१ बराबरको कारोबार भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार