मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पीएम कप: कर्णाली प्रदेशमाथि बागमती ७ विकेटले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बागमती प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । जारी पीएम कप अन्तर्गत सोमबार सम्पन्न खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको लक्ष्य पछाएको बागमती प्रदेशले १३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यस अघि मुलपानी मैदानमा कर्णालीले पहिला ब्याटिंग गर्दै २४.२ ओभरमा केवल ७८ रनमा अल आउट भएको थियो । कर्णाली प्रदेशका लागि अर्जुन घर्तिले सर्बाधिक २३ रन बनाए भने निश्चल रावलले १३ रन बनाएका थिए । कर्णालीका अन्य ब्याट्सम्यानले यस खेलमा दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा बागमतीका बलर रिजन ढकालले सर्बाधिक ५ विकेट लिएका थिए । त्यस्तै क्रिजन गुरुङले २ विकेट लिए भने प्रतिश जिसी, सुर्य तामाङ र विपिन आचार्यले एक एक विकेट लिएका छन् ।

यो जितपछि बागमती प्रदेशको ६ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशले भने तेस्रो हार बेहोरेको छ । ५ खेलमा ४ अंक भएको कर्णाली सातौं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार