मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एशियन कप : इरान र युएई दोस्रो चरणमा

युएई र प्यालेस्टाइन को समान ४-४ अंक भएपनि गोल अन्तरका आधारमा युएई दोस्रो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १० माघ । जारी एशियन कप अन्तर्गत इरान र युएई दोस्रो चरणमा पुगेका छन् ।

गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा इरानले युएईलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि इरानले ३ खेलमा तिनै खेल जितेर ९ अंक हासिल गर्दै समुहमा शिर्ष स्थानमा रहेर दोस्रो चरणमा पुगेको हो ।

Highlights: Iran 2-1 United Arab Emirates in 2024 AFC Asian Cup |  01/23/2024 - VAVEL USA

त्यस्तै युएई पराजित भएपनि समुहमा ३ खेलमा ४ अंक हासिल गर्दै दोस्रो हुदै अर्को चरणमा पुगेको छ ।

त्यस्तै गएराती नै सम्पन्न यसै समुहको अर्को खेलमा प्यालेस्टाइनले हङकङलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

जितका बाबजुत प्यालेस्टाइनको ३ खेलमा ४ अंक रहेको छ र समुहमा तेस्रो भएको छ । युएई र प्यालेस्टाइन को समान ४-४ अंक भएपनि गोल अन्तरका आधारमा युएई दोस्रो हुदै सिधै अर्को चरणमा छनौट भएको छ । त्यस्तै प्यालेस्टाइन तेस्रो स्थानमा रहेपनि दोस्रो चरणमा जाने सम्भावना कायमै रहेको छ ।

AFC Asian Cup 2023: Group stage updates, round of 16 teams

सबै समुहका तेस्रो स्थानमा रहने शिर्ष चार देश दोस्रो चरणमा पुग्ने हुनाले समुह चरणका सबै खेलपछि चार देशको टुंगो लाग्ने भएको छ ।

साथै समुह सी बाट हङकङ तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार