कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

जनमत पार्टीका मन्त्रीले दिएको राजीनामा स्वीकृत

रिक्त रहेको दुवै मन्त्रालयको कार्यभार मुख्यमन्त्री सरोज कुमार यादवले सम्हाल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मधेश प्रदेश सरकारमा रहेका जनमत पार्टीका मन्त्रीहरूले दिनु भएको राजीनामा मुख्यमन्त्री सरोज कुमार यादवले स्वीकृत गर्नु भएको छ ।

मधेश प्रदेश सरकारमा रहेका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव तथा श्रम तथा यातायातमन्त्री चन्दन कुमार सिंहले हिजो पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले स्वीकृत गर्नु भएको छ ।

यसै बीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले रिक्त रहेको दुवै मन्त्रालयको कार्यभार संविधानको धारा १६९ को उपधारा (२) खण्ड क बमोजिम मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सम्हाल्ने गरि तोक्नु भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज जारी गर्नु भएको सूचनामा उल्लेख रहेको छ ।

सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको विषयमा विवाद हुँदा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव सहितका व्यक्तिहरू घाइते भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार