वीरगन्ज। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मतका लागि संसद्को बैठक बोलाउन भन्दै प्रदेश सभालाई आग्रह गरेका छन्।
यादवले बुधबार प्रदेश सभाको कार्यालयलाई पत्र लेख्दै विश्वासको मतका लागि बैठक बोलाउन आग्रह गरेका हुन्।
कात्तिक २८ गते दिउँसो १ बजे सदनको बैठक बोलाउनका लागि मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई आग्रह गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारमा सहभागी दलमध्ये कुनै दलले समर्थन फिर्ता लिएपछि सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।
गत असोजमा मधेस सरकारबाट एमाले बाहिरिएको थियो। संसद् बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री यादवले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया