मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आईसीसी यू-१९ क्रिकेट : नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगितामा अन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।  इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा भएको खेलमा नेपाल पाकिस्तानसँग  ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १९८ रनको  लक्ष्य पाकिस्तानले ४७.४ ओभरमै ५ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जीतमा अजान अनाइसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६३ रन बनाए ।

खेलमा नेपालका लागि आकाश चन्दले ३ तथा आकाश त्रिपाठी र दीपेश कँडेलले १। १ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा १ सय ९७ रन बनाएको हो ।

नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २०, गुलशन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाए ।

बलिङमा पाकिस्तानका अराफात मिनहासले तीन विकेट लिए। अहमेद हुसेन र उवइद शाहले २(२ तथा खुबैब खालिल, अलि अस्फन्ड र मोहमद जीसानले १-१ विकेट लिएका थिए । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार