फागुण १४, २०८० सोमबार February 26, 2024

यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने

दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देश सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ माघ । जारी आइसीसी यू–१९ विश्वकप अन्तर्गत आज नेपालले समुह चरणको अन्तिम खेलमा अफगानिस्तानको सामना गर्दै छ ।

समुह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराहन्न १ः४५ बजेदेखि शुरु हुदैँछ ।

नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार बेहोरेको थियो ।

अहिलेसम्म समुह डी मा न्यूजील्याण्ड र पाकिस्तानले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समुह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ । त्यसैले पनि दुवै देशका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

विश्वकप खेल्ने नेपाली टिमः

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापामगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।

दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिएका छन् ।

यस विश्वकपमा १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ । समुह चरणमा एक अर्कासँग खेले पछि हरेक समुहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन् ।  सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।

यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङल्याण्ड रहेका छन् ।
त्यस्तै समुह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्यायपालिकालाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्छ : प्रधानन्यायधिश श्रेष्ठ
२०८० फागुण १४, सोमबार
१० वर्षपछि जुम्ला–सुर्खेत उडान शुरु
२०८० फागुण १४, सोमबार
किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन
२०८० फागुण १४, सोमबार
निषेधित क्षेत्र तोड्ने ४९ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा
२०८० फागुण १४, सोमबार
आरबिबि–एनभिए महिला पुरुष भलिबल चैत्र ३ गतेदेखि
२०८० फागुण १४, सोमबार
भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव
२०८० फागुण १४, सोमबार
शान्ति सेनामा नेपालको योगदान सर्वाधिक : राष्ट्रपति
२०८० फागुण १४, सोमबार