काठमाडौं, १२ माघ । विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलियन ओपन सिंगलबाट बाहिरिएका छन् । शुक्रबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न सेमिफाइनल खेलमा जोकोभिच इटालीका जानिक सिनरसँग ३-१ सेटले पराजित हुँदै प्रतियोगताबाट बाहिरिएका हुन् ।
विश्व वरियतामा चौथो स्थानमा रहेका सिनरले जोकोभिचलाई ६–१, ६–२ ले पराजित गर्दै सुरुका दुई सेट जितेका थिए । त्यसपछि जोकोभिचले तेस्रो सेटमा ७–६ (८–६) ले जित निकाल्दै खेलमा फर्किने प्रयास गरेका थिए । तर, चौथो सेट सिनरले ६–३ ले जिते हासिल गरेपछि १० पटकका अस्ट्रेलियन ओपन च्याम्पियन जोकोभिच स्तब्ध भएका थिए ।
यो जितपछि २२ बर्षिय सिनर पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेका छन् । अब सिनरले उपाधिका लागि रसियाका ड्यानिल मेड्भेडेब र जर्मनीका एलेजान्डर जेभरेभबीचको विजेतासँग खेल्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया