श्रावण १२, २०८१ शनिबार July 27, 2024

आहा रारा पोखरा गोल्डकप : शनिबारदेखि क्वाटर फाइनलका खेल हुने

अब पुलिसले चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग यही माघ १६ गते खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २३ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा पुलिसले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि २—० को सहज जित हासिल गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

पुलिसको जितमा मान बहादुर परियारले दुई गोलको योगदान दिनुभयो । उहाँले खेलको १९ र ७० औँ मिनेटमा गोल गरी खेलमा म्यान अफ दी म्याच समेत घोषित हुनुभयो ।

विभागीयमा सर्वाधिक सफलता हासिल गरेको पुलिससँग खेलको सुरुवातमै गोल खाएर दबाबमा परेको एपिएफले शुक्रवारको खेलमा पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा आहा राराको पहिलो चरणको खेलबाट बाहिरियो ।

एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले अन्तिम समयमा करिब ४ दिनको तयारीमा जुट्दा र खेलमा पाएका अवसर सदुपयोग गर्न नसक्दा हार्नु परेको बताउनुभयो । पुलिसका प्रशिक्षक चेतन घिमिरेले आहा रारा पोखरा गोल्डकपमा आफु खेलाडी हुँदा ह्याट्रिक पूरा गरेको स्मरण गर्दै अब प्रशिक्षणको जिम्मामा राम्रो सुरुवात भएको बताउनुभयो ।

अब पुलिसले चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग यही माघ १६ गते खेल्ने भएको छ । भोलि (शनिबार) देखि क्वाटर फाइनलका खेलहरू हुने भएको छ । शनिबार हुने पहिलो क्वार्टर फाइनलमा थ्री स्टार क्लबले पाहुना टोली भुटानको पारो एफसीसंग भिड्ने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार