श्रावण १२, २०८१ शनिबार July 27, 2024

नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रीन्स र रसिलालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहालले हात पार्नुभएको छ । शनिवार नेपालगन्ज रङ्गशालास्थित कर्वड हलमा सम्पन्न फाइनल खेलमा नेपाल आर्मीका कबिर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहाल उपाधि हात पार्न सफल हुनुभयाे । नेपाल प्रहरीका जीवन आचार्य र एपीएफका अमन महर्जन तेस्रो हुनुभयो ।

सेमिफाइनलमा दाहालले नेपाल प्रहरीका जीवन आचार्यलाई २१–१६,२१–१२ ले तथा नेपाल आर्मीका कबिर केसीले एपीएफका अमन महर्जनलाई २१–१७, २१–५ ले पराजित गर्दै फाइनल प्रवेश गर्नुभएको थियो । यसैगरी महिला एकलतर्फ नेपाल आर्मीकी रसिला महर्जनले एपीएफकी शोभा गौचनलाई २१–१०,२१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्नुभयो । भने, नेपाल प्रहरी नीता लम्साल र कैलालीकी एलिना सुनार तेस्रो हुनुभयो ।

नेपाल आर्मीकी रसिला महर्जनले नेपाल प्रहरीकी नीता लम्साललाई १८–२१, २१–११, २१–६ ले तथा एपीएफकी शोभाले कैलालीकी एलिना सुनारलाई २१–१०,२१–१२ ले पराजित गर्दै फाइनल प्रवेश गर्नुभएको थियो ।यस्तै पुरुष युगलतर्फ एपीएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी प्रथम भयो । सो जोडीले एपीएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गरेको थियो । एपीएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जीवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भएको थियो ।

यसैगरी पुरुष युगल (बी लेभल) तर्फ सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी प्रथम भयो । सो जोडीले सेमिफाइनलमा धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडीलाई २१–१७, २३–२१ ले पराजित गरेको थियो । नेपाल प्रहरीको चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडी तथा गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडी तेस्रो भए ।

त्यस्तै पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ बाँकेको जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी प्रथम भयो । श्रेष्ठ र लाखेको जोडीले होटेल स्टारलाईटका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई २२–२०, २१–१६ सोझो सेटमा पराजित गर्दै प्रथम हुनुभएको हो । बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडी तथा बाँकेका अरुण गौतम र अभयलाल श्रेष्ठको जोडी तेस्रो हुनुभयो ।

आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार नगद प्राप्त गर्नुभएको ।

यस्तै महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५-१५ हजार प्राप्त गर्नुभयो भने पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५-१५ हजार प्राप्त गर्नुभयो ।यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०-१० हजार प्राप्त गर्नुभयो । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०-१० हजार रुपैयाँ प्राप्त गरेको आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापाले जानकारी दिनुभयो ।

समापन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका मुख्य सचेतक जन्मजय तिमिल्सिना, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपालगन्जका कार्यवाहक मेयर कमरुद्दिन राई, प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य नरेन्द्र थापा, जिल्ला खेलकुद विकास समिति बोकेका अध्यक्ष सन्दिप जङ्ग शाह, प्रमुख रेफ्री किरण करञ्जितलगायतले विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

यस्तै बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापाले सहयोगी संस्था, प्रमुख अतिथि तथा अतिथिलगायतलाई मायाको चिनो, कदरपत्र प्रदान गर्दै सबैलाई धन्यवाद दिनुभएको थियो ।नकआउट आधारमा भएको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा नेपाल पुलिस सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिब २ सय ५० जना खेलाडीको सहभागिता रहेको थियो । बाँके जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार