असार २२, २०८२ आइतबार July 6, 2025

बास्केटबल कोर्टमा कराँते !

कभर्ड हल नहुँदा कहिले खुला चौरमा त कहिले बास्केटबल कोर्टमा खेल खेलाउनुपर्ने बाध्यता छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सामान्यता कराते खेल कभर्डहलमा आयोजना हुन्छ । घामपानीमा पनि प्रतियोगिता आयोजना गर्न कभर्डहलमा सहज हुन्छ तर तनहुँमा अवस्थामा त्यस्तो छैन । यहाँ बास्केटबल कोर्टमा कराते खेलाउनुपर्ने बाध्यता छ ।

कभर्डहलको अभावमा नेपाल कराते महासङ्घ गण्डकी प्रदेशले सदरमुकाम दमौलीमा रहेको बास्केटबल कोर्टमा करातेका छनोट प्रतियोगिता गरेको छ । हैरान्स क्लबले निर्माण गरेको बास्केटबल कोर्टमा गण्डकी प्रदेशका नौवटा जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

पूर्वाधार अभावका कारण बास्केटबल कोर्टमा करातेको प्रतियोगिता आयोजना गर्नुपरेको नेपाल कराते महासङ्घ गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिनुभयो । कभर्डहल नहुँदा बास्केटबल कोर्टमा भए पनि खेल खेलाएर खेलाडी छनोट गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा एउटा पनि कभर्ड हल छैन । कभर्ड हल नहुँदा कहिले खुला चौरमा त कहिले बास्केटबल कोर्टमा खेल खेलाउनुपर्ने बाध्यता छ । खेल क्षेत्रको विकासका लागि सरोकारवाला निकायले चासो नदिँदा समस्या भइरहेको छ ।”

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले सङ्घीयतापछि तीन तहको सरकार बनेको र सबैभन्दा नजिकको सरकार स्थानीय सरकारले पनि खेल क्षेत्रको भावना बुझ्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वाधार नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या भइरहेको छ । तनहुँमा खेलकुदका गतिविधि धेरै हुने गरे पनि पूर्वाधारकै कमी छ ।”

कराते खेलाडी तनहुँका मनिषा पुनले पूर्वाधार निर्माण भइदिए खेल्न सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी देशका लागि खेल्छाौ, देशले हाम्रा लागि पूर्वाधार बनाइदिनुपर्छ ।”

यसैबीच यही माघ १८ गतेदेखि २० गतेसम्म हुने तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि गण्डकी प्रदेशका खेलाडी चयन गरिएको छ ।

नेपाल कराते महासङ्घ गण्डकी प्रदेशले शनिबार तनहुँको दमौलीमा प्रतियोगिताको आयोजना गर्दै गण्डकी प्रदेशको तर्फबाट खेलाडी छनोट गरेको हो । प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लाबाट खेलाडी सहभागिता रहेको गण्डकी प्रदेश अध्यक्ष मनिराज थापाले जानकारी दिनुभयो ।

विभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा गराई राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार महिला र पुरुष गरी कुल २० खेलाडी छनोट गरिएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार