माघ ४, २०८१ शुक्रबार January 17, 2025

पिएम कपमा आज कर्णाली र आर्मी तथा लुम्बिनी र मधेश खेल्दै

त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल अहिले सवा नौ बजे शुरु हुनेछ ।

७ खेलमा तीन खेल जितेको कर्णाली तालिकाको सातौँ स्थानमा छ । ६ खेलमा चार खेल जितेको आर्मी चौथो नम्बरमा छ । यस्तै मुलपानी क्रिकेट मैदानमा सवा नौ बजे शुरु हुने खेलमा लुम्बिनी र मधेश प्रदेश खेल्दैछन्।

६ खेलमा एक खेल मात्रै जितेको लुम्बिनी तालिकाको नवौँ स्थानमा छ । आठ मध्ये पाँच खेल जितेको मधेश तेस्रो नम्बरमा छ । प्रतियोगितामा अहिलेसम्म खेलेका ६ वटै खेल जितेको नेपाल पुलिस क्लब पहिलो र नौ मध्ये ६ खेल जितेको बाग्मती दोस्रो स्थानमा छन् । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोली गरी १० टोलीको सहभागीता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया