फागुण १३, २०८० आइतबार February 25, 2024

अग्सबर्गमाथि बायर्न म्युनिख ३-२ ले विजयी

यो जितपछि बायर्न म्युनिखको १९ खेलमा ४७ अंक भयेको छ र लिगमा दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बायर्न म्युनिखले जर्मनी बुण्डेसलिगा अन्तर्गत अग्सबर्गलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले अग्सबर्गलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा अलेक्जेन्डर पाभलोभिक, अल्फोन्सो डाभिज र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै अग्सबर्गका लागि एर्मेडिन डेमिरोभिकले दुवै गोल गरेका थिए ।

Bayern defeat Augsburg and now hope for a setback for Leverkusen

यो जितपछि बायर्न म्युनिखको १९ खेलमा ४७ अंक भयेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । हाल बायर्न म्युनिख शिर्ष स्थानमा रहेको लिभरकुसेनको १९ खेलमा ४९ अंक रहेको छ र बायर्न भन्दा २ अंकले अगाडी रहेको छ ।

Augsburg 2-3 Bayern Munich: Harry Kane scores 23rd Bundesliga goal as  visitors cling on to win Bavarian derby | Football News | Sky Sports

त्यस्तै अग्सबर्गको भने १९ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया