माघ ४, २०८१ शुक्रबार January 17, 2025

नाइजेरिया र एंगोला अफ्रिकन कपको क्वाटरफाइनलमा

क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १४ माघ । नाइजेरिया जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा पुगेको हो ।

नाइजेरियाको जितमा दुवै गोल अडेमोला लूकम्यानले गरेका थिए । उनले खेलको ३०औं र ९०औं मिनेटमा गोल गरेका थिए ।

यो हारसँगै पाँच पटकको अफ्रिकी च्याम्पियन क्यामरुन प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसैगरी गएराती सम्पन्न अर्को खेलमा एंगोलाले नामिबियालाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । अब क्वाटरफाइनलमा एंगोला र नाइजेरिया भिड्ने भएका छन् । त्यस्तै हारसँगै नामिबिया पनि प्रतियोगिताबाट बाहिरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया