श्रावण १२, २०८१ शनिबार July 27, 2024

स्पेनिस ला लिगा : भिल्लारियलसँग बार्सिलोना लज्जास्पद हार

जितपछि भिल्लारियलको २२ खेलमा २३ अंक भएको छ र अंकतालिकामा १४औं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १४ माघ । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना भिल्लारियलसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा भिल्लारियलले बार्सिलोनालाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।

भिल्लारियलको जितमा जेरार्ड मोरेनो, लिआस अखोमाच, गोन्कालो गुएडेस, अलेक्जेन्डर सोरलोथ र जोस लुइस मोरालेसले एक एक गोल गरेका थिए ।

त्यसैगरी बार्सिलोनाका लागि इके गुनडोगान र पेड्रीले एक एक गोल गरेका थिए भने एक गोल भिल्लारियलका एरिक बेलीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि भिल्लारियलको २२ खेलमा २३ अंक भएको छ र अंकतालिकामा १४औं स्थानमा रहेको छ ।

त्यस्तै बार्सिलोनाको भने यो यस सिजनको पाँचौं हार हो । २१ खेलमा बार्सिलोनाको ४४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा १० अंकले पछाडि रहेको छ ।

यो हारपछि बार्सिलोनाका प्रशिक्षक जाभीले यस सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार