वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

वैकल्पिक सिकाइका लागि स्थानीय सरकारलाई २४ करोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाईरस कोभिड १९ का कारण विद्यादयमा पठन पाठनमा वाधा आएकोले वैकल्पिक सिकाइमा खर्च गर्ने गरी अर्थ मन्त्रालयले २४ करोड ६ लाख रुपैंया निकासा गरेको छ । उक्त रकम शिक्षा मन्त्रालय मार्फत पालिकाहरुलाई दिईने छ । गत जेठ १८ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका जारी गरे पछि शिक्षा मन्त्रालयले प्रारम्भिक रुपमा सहयोग गर्ने योजना अनुसार २८ करोड रुपैंया माग गरेको थियो ।

उक्त माग अनुसार प्राप्त भएको रकम पालिकामा रहेका सामुदायिक विद्यालयको संख्याका आधारमा पालिकालाई दिईने मन्त्रालयले येजजा बनाएको श्रोतले जनाएको छ । ५० भन्दा कम विद्यालय रहेको पालिकालाई ३ लाख, ५१ देखि सय भन्दा कम विद्यालय रहेका पालिकालाई ४ लाख र सय भन्दा धेरै विद्यालय रहेका पालिकालाई ५ लाख रुपैंया प्रदान गर्ने मन्त्रालयको योजना छ ।

उक्त रकम स्थानीय रेडियो स्टेशन मार्फत् हुने कक्षा, शिक्षा मन्त्रालय र अन्र्तगतका निकायले तयार पारेका विभिन्न शैक्षिक सामग्री छपाई र स्थानीय सरकारले आफैं निर्माण गर्ने सामग्रीहरुमा खर्च गर्नु पर्ने छ । रकम प्राप्तिको मापदण्ड तथा उक्त रकम खर्चको क्षेत्र निर्धारण गरेर मन्त्रालयले निर्देशिका निर्माण गर्ने जनाईएको छ ।

विद्यालय र शिक्षकलाई प्रविधि मैत्री बनाउनु पर्ने काम निकै पहिले गर्नु पर्ने भए पनि राज्यको ववास्ताका कारण संकटका बेला समस्या आएको छ । तत्काल संकट समाधान गर्न उक्त निर्देशिका जारी गरे पनि आवश्यक रकम तय गर्न नसकेको भन्दै सरकारको आलोचना भईरहेको छ । कोभिडका कारण सिकाइमा आएको चुनौती समाधान गर्न आगामी बर्षको बजेटमा १ अर्ब ६४ करोड छुट्याएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गत मंगलबारको संसद बैठकमा जानकारी गराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार
अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले (पत्रसहित)
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो
२०८१ वैशाख २८, शुक्रबार
कोशी प्रदेशमा पाँचौं अधिवेशन आह्वान
२०८१ वैशाख २८, शुक्रबार
माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता
२०८१ वैशाख २८, शुक्रबार
अर्थतन्त्रको बर्तमान अवस्थाबारे चेम्बरद्धारा एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण
२०८१ वैशाख २८, शुक्रबार