श्रावण १२, २०८१ शनिबार July 27, 2024

मैयाँदेवी स्‍मृति महिला क्रिकेट: बागमती र कोशी प्रदेश विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १४ माघ । चितवनमा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएको छ ।आज (आइतबार) भएको पहिलो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको हो । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा कर्णालीले दिएको ८३ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

बागमतीको जितमा कप्तान सोनी पाख्रिनले नटआउट सर्वाधिक २८ रन बनाईन् । ३० बल खेलेकी सोनीले २ चौका प्रहार गरिन् । ओपनर सेविका यादवले २८ बलमा १४ रन बनाईन् । कर्णालीकी एन्जिला थापाले १ विकेट हात पारिन् ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ रोजेको कर्णाली बागमतीको कशिलो बलिङ सामू निरिह बन्यो । १५ ओभरमा घटाईएको खेलमा कर्णालीले ७ विकेट गुमाउँदै ८२ रन मात्र जोड्न सक्यो । कर्णालीकी ओपनर त्रिसना विश्वकर्माले २२ तथा कप्तान किरण कुवँरले १७ रन जोडे । त्रिसनाले ३५ बलमा ३ चौकाको मद्दतमा २२ तथा कप्तान किरणले २८ बलमा २ चौकाको मद्दतमा १७ रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्न बागमतीकी पूजा साउदले ३ विकेट लिईन् । ३ ओभर बलिङ गरेकी पूजाले एक मेडन राख्दै १६ रन खर्चिन् । क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाको नाममा एक-एक विकेट रह्यो ।

आजको दोस्रो खेलमा कोशी प्रदेशले मधेसलाई ४ विकेटले हरायो । समूह ए मा रहेको कोशीको यो पहिलो जित हो । कोशी यस अघि पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो । मधेसले भने लगातर दुई खेल दुई हार व्यहोरेको छ । मधेस पहिलो खेलमा सुदुरपश्चिमसँग पराजित भएको थियो ।

आज मधेसले दिएको एक सय १४ रनको लक्ष्य कोशीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो । कोशीले मधेसविरुद्ध राम्रो सुरुवात गरेको थियो । ओपनरद्धय भवानी कमाती र पुर्णिमा राजवंशीले राम्रो सुरुवात दिएपछि कोशीले जितको आधार तय गरेको थियो ।

यी दुई ओपनरबीच पहिलो विकेटका लागि ३९ रनको साझेदारी भएको थियो । जसमा भवानीले २४ बलमा व्यक्तिगत २६ रन बनाईन् । आक्रमक ब्याटिङ गरेकी भवानीले ५ चौका प्रहार गरिन् । पुर्णिमा ९ रन बनाएर पभिलियन फर्किईन् । कप्तान बिमला मलहा १३ र प्रिया मलहा १२ रनमा रनआउट भए । मधेसकी मोनिका साहले ३ विकेट लिए पनि हार टार्न सकिनन् ।

त्यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले साना प्रविनको ३७ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १३ रन बनाएको थियो । ३९ बल खेलेकीले सानाले ५ चौका प्रहार गरिन् । सीमा कुवँरले ३३ बलमा ३ चौकाको मद्दतमा २१ तथा भूमी सिंहले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । कोशीकी भवानी कमातीले २ तथा हिरनमयी रोय, प्रिया मलहा र निरा राजवंशीले समान एक-एक विकेट हात पारे ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा सोमबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९:३० बजे कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्नेछन् भने दोस्रो खेल दिउँसो १:३० बजे बागमती र लुम्बिनी प्रदेशबीच हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार