असार २०, २०८२ शुक्रबार July 4, 2025

इटालीका सिनरले जिते अस्ट्रेलियन ओपनको उपाधि

२२ बर्षिय सिनरको यो क्यारियरको पहिलो ग्राण्ड स्लाम उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ माघ । विश्व नम्बर वरियतामा चौथो स्थानमा रहेका इटालीका जानिक सिनरले यस बर्षको अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

आइतबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न फाइनल खेलमा सिनरले

रसियाका डानिल मेडभेडेभलाई ३-२ को सेटमा पराजित गरेका हुन् । शुरुका २ सेट लगातार हार बेहोरेपछि सिनरले पछिल्ला ३ सेट लगातार जितेर उपाधि जितेका हुन् ।

२२ बर्षिय सिनरको यो क्यारियरको पहिलो ग्राण्ड स्लाम उपाधि हो ।

उनले यस अघि सेमिफाइनलमा विश्वका नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया