श्रावण १२, २०८१ शनिबार July 27, 2024

प्रहरीको मिलोमतोमा राति निजी घर भत्काएको आरोप

घटनास्थल पुगेका प्रहरीको व्यवहारले प्रहरीसँगको मिलेमत्तोमै घटना भएको सिंहले आरोप लगााए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा, १४ माघ । सिरहाको मिर्चैया नगरपालिका–६ मा प्रहरी कार्यालयदेखि पाँचसय मिटरको दूरीमा जेसिभी लिएर  रातको समयमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको आरोप लगाएको छ ।

प्रहरीसँगको मिलोमतोमै मिर्चैया नगरपालिका ६ का राजेशप्रसाद सिंहको घर मिर्चैया नगरपालिकाकै वडा नम्बर  ५ का राजदेव कापरी सहितको समूहले रातिको समयमा जेसिभी लिएर गुण्डागर्दीशैलीमा घर भत्काएको पीडितले आरोप लगाएका हुन् ।

घर भत्काएको भन्दै आक्रोसित स्थानीयले शनिबार राति पूर्वपश्चिम राजमार्गअन्तर्गतको मिर्चैयामा सडक जाम गरेका थिए।

इलाका प्रहरी कार्यालय मिर्चैयादेखि पाँच सय मिटरको दूरीमा घरभत्काउँदा समेत प्रहरी मुकदर्शक बनेको भन्दै पीडितपरिवार र आक्रोशित स्थानीयहरूले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका थिए।

जेसीभीसहित ३०/४० जनाको समूहमा आएका कापरले आफूहरुलाई कुटपीट गर्दा र घर भत्काएको र यसबारे जानकारी गराएको एक घण्टापछि पुग्नुले प्रहरीको आइपुग्नुले उनीहरुबीच मिलोमतो रहेको पीडित पक्षले आशंका गरेका हुन् ।

‘रातिको समयमा जेसीभीसहित आएका समूहले घर भत्काउन थालेपछि के भएछ भनी घरबाट निस्कँदै गर्दा कुटपीट गरे । म ज्यान जोगाउँदै प्रहरीकोमा पुगे पनि प्रहरी एक घण्टाभन्दा बढी समयपछिमात्र कार्यालयबाट निस्क े। घटनास्थल पुगेर पनि प्रहरीले रोकथाम गरेन,’ पीडित राजेशप्रसाद सिंहले भने ।

घटनास्थल पुगेका प्रहरीको व्यवहारले प्रहरीसँगको मिलेमत्तोमै घटना भएको सिंहले आरोप लगााए । उनले भने, ‘म गेटैमा पुगेर खबर गर्दा पनि एक घण्टा लगायो । घटनास्थल पुगेर पनि प्रहरीले कसैलाई रोकेन । यो सबै सेटिङमा भएको हो।’

घर भएको जग्गाको विषयमा अदालतमा मुद्दा चल्दै आएको छ । सोही विषयमा जग्गा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो।

तर, ३ बजे रातिकै समयमा सबै सुतिरहेको अवस्थामा राजदेवले गुण्डाशैलीका मानिसहरु ल्याएर घर भत्काइदिएको पीडित परिवारको आरोप छ । घटनामा संलग्नहरुलाई कारबाही र क्षतिपूर्तीको माग राखेर स्थानीयले चक्का जाम गरेको थियो । मुकेशकुमार यादव

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार