असार २२, २०८२ आइतबार July 6, 2025

प्रधानसेनापति खुला म्याराथन फागुन

म्याराथनमा पहिलो हुने खेलाडीले रू तीन लाखसहित एक थान यमाह कम्पनीको मोटरसाइकल पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं : प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता–२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ । नेपाली सेनाको आयोजनामा सञ्चालन हुने नवाैँ संस्करणको उक्त प्रतियोगिता आगामी फागुनमा १९ गते सञ्चालन हुने भएको हो ।
नेपाली सेनाका महासेनानी प्रमोदकुमार थापाले प्रतियोगितमा विभिन्न पाँच विधाका स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ४२–१९५ किमीको म्याराथन, हाफ म्याराथन, १० किमी दौड, पाँच किमीको वाकाथन र सैनिक विद्यालयका छात्रछात्राका लागि पाँच किमीको दौड हुनेछ ।
महासेनानी थापाले प्रतियोगिताका लागि खेलाडी छनोट गरी अभ्यास गरिरहेको बताउनुभयो । म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने अन्य विधाको खेलमा महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् ।
म्याराथनमा पहिलो हुने खेलाडीले रू तीन लाखसहित एक थान यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । दोस्रोले रू दुई लाख, तेस्रोले रू एक लाख, चौथोले रू ५० हजार, पाँचाैँले रू ३० हजार, छैटौँले रू २५ हजार र सातौँ हुने खेलाडीले रू २० हजार पाउने आयोजकले जनाएको छ । सोही विधामा आठौँ हुने खेलाडीले रू १५ हजार, नवौँ हुने खेलाडीले रू १० हजार तथा १०औँ हुने खेलाडीले रू पाँच हजार पाउने छन् ।
हाफ म्याराथनतर्फ पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रू ७५ हजार, रू ५० हजार र रू ३५ हजार पाउनेछन् । पहिलो हुने खेलाडीले ७५ हजारसहित यमाह कम्पनीको मोटरसाइकल पाउनेछन् । त्यस्तै १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रू १० हजार, रू सात हजार र रू पाँच हजार पाउनेछन् । पाँच किमीको छात्रछात्रा दौडमा पहिलो हुनेले रू १० हजार, दोस्रोले रू सात हजार र तेस्रो हुने खेलाडीले रू पाँच हजार पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार