श्रावण १२, २०८१ शनिबार July 27, 2024

उपराष्ट्रपति भेट्न श्रीलंकाली राजदूत पाथिराना हरितगृहमा

द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शन पाथिरानाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा शुभकामना आदान–प्रदानपछि नेपाल र श्रीलंकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको उपराष्ट्रपति यादवका प्रेस संयोजक दिनेश यादवले जानकारी दिए ।

भेटका अवसरमा उपराष्ट्रपति यादवले हालै सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकबाट दुई मुलुकबीच सम्बन्ध विस्तार गर्न सहयोग पुगेको बताए ।

‘संयुक्त आयोगको बैठकमा नेपाल र श्रीलंकाबीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी क्षेत्रको समझदारी पत्रमा भएको हस्ताक्षरले हाम्रो सम्बन्धलाई थप बलियो बनाउने मेरो विश्वास छ,’ उपराष्ट्रपति यादवले भने, ‘पर्यटन, हवाई सम्पर्क, शिक्षा, रक्षा, अध्यागमन, पूर्वाधार, सूचना प्रविधि, कृषि, खेलकूद एवं कन्सुलर क्षेत्रमा आपसी सहयोग सम्बन्धी विषयहरुमा भएको महत्त्वपूर्ण छलफलबारे जानकारी पाएर खुशी लागेको छ । ’

उपराष्ट्रपति यादवले नेपाल–श्रीलंका सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको बताउँदै सन् १९५७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नै दुई देशबीचको सम्बन्ध निरन्तर विस्तार हुँदै आएको उल्लेख गरे । उनले काठमाडौं–कोलम्बो सिधा उडानले श्रीलंकाली तीर्थ यात्रीहरुलाई बुद्धको जन्म स्थल लुम्बिनी भ्रमण गर्न सहज भएको बताए ।

उक्त भेटमा श्रीलंकाली एयर चिफ मार्सलसमेत रही सकेका राजदूत सुदर्शन पाथिरानाले गौतम बुद्धमार्फत नेपाल र श्रीलंकाबीच २५ सय वर्ष पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशले क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा समान खालको चुनौतीहरुको सामना गरिरहेको बताए । ‘नेपालले लुम्बिनीको अतिरिक्त बुद्धसँग सम्बन्धित क्षेत्र र स्थानहरु समेटेर बुद्ध सर्किट बनाए थप पर्यटक नेपालको भ्रमणमा गर्न सक्छन्,’उनले भने, ‘सन् २०१९ मा ५६ हजार श्रीलंकाली नेपाल भ्रमणमा आएको र कोभिड–१९ को संक्रमणकालमा यो संख्या घटे पनि यस वर्ष पर्यटक बढाउने मेरो प्रयास रहने छ । यसका लागि सन् २०२४ को मे सम्ममा श्रीलंकाबाट बौद्धमार्गी पर्यटकहरुलाई चार्टर विमानबाट नेपाल ल्याउने तयारी छ ।’

राजदूत पाथिरानाले नेपाली क्रिकेट क्षेत्र र खेलाडीहरुलाई श्रीलंकाले सहयोग गर्न चाहेको उल्लेख गर्दै त्यस अनुरुप श्रीलंकाली खेलकुद मन्त्रीसँग यसबारे आग्रह गरिसकिएको बताए । ‘दुई देशबीच सैनिक प्रशिक्षण गर्ने हाम्रो तयारी पनि छ,’ उहाँले भन्नुभयो, ‘ नेपाल र श्रीलंकाबीच घनिष्ट र बलियो मित्रता रहेकोले क्षेत्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा सँगसँगै अघि बढ्नु पर्ने हाम्रो चाहना छ । ’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार