श्रावण ५, २०८२ सोमबार July 21, 2025

गंगालाल हृदय केन्द्रलाई छिट्टै प्रतिष्ठान बनाउँछौ : स्वास्थ्य मन्त्री बस्नेत

सरकारले चाडै चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर देशलाई मेडिकल शिक्षाको हवको रुपमा विकास गर्ने दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन्।

केन्द्रको २८औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढिसकेको जानकारी गराउँदै मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको बताएका हुन्।

मन्त्री बस्नेतले भने, ‘गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठानको रुपमा अगाडि बढाए मात्र भविश्यमा हुनसक्ने जनशक्ति अभावको समस्या समाधान गर्न सकिन्छ भन्ने ठानेर नै सरकारले प्राथमिकतामा राखेर अगाडि प्रतिष्ठान बनाउने काम अगाडि बढेको छ।’

विद्यमान चिकित्सा शिक्षा ऐनका कारण अहिले कयौं विद्यार्थी चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जानु परेको स्मरण गर्दै मन्त्री बस्नेतले सरकारले चाडै चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर देशलाई मेडिकल शिक्षाको हवको रुपमा विकास गर्ने दावी गरे। गंगालाल हृदय केन्द्रले मुटु रोगको उपचारका क्षेत्रमा देशमा मात्र नभएर दक्षिण एशियामै आफूलाई अब्बल सावित गरिसकेको बताउँदै देशका अरु अस्पतालहरुले पनि गंगालालबाट सिक्नु पर्ने बताए।

कार्यक्रममा शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा.रवि मल्लले केन्द्रले गत वर्ष मात्र एक हजार ८ सय ३८ जनाको मुटुको सल्यक्रिया गरेको जानकारी दिदै सरकारले प्रतिष्ठान नबनाए भविश्यमा कार्डियाक सर्जनको अभाव हुने बताए।

डा. मल्लले बिगत ७ वर्ष देखि कार्डियाक सर्जरी विधामा कोही भर्ना हुन नआएको बताउदै त्यो अवस्था अन्त गर्नका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको औंल्याए। कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालालले आत्मनिर्भर भएर उदाहरणीय अस्पतालको रुपमा आफुलाई उभ्याएको र अन्य अस्पतालहरुले पनि पाठ सिक्नु पर्ने बताए।

कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले केन्द्रमा रहेर २० वर्ष सेवा पुरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए। कार्यक्रम केन्द्रका संस्थापक अध्यक्ष डा.अरुण सायमीको अध्यक्षतामा सम्पन्न भएको थियो। वि.सं. २०५२ सालमा ९ शैयाबाट सुरु भएको गंगालाल हृदय केन्द्र अहिले ३०० शैयामा सञ्चालित छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार