असार २९, २०८२ आइतबार July 13, 2025

सरकारले लकडाउनलाई पुर्णरूपमा दुरुपयोग गर्योः काँग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति अनुगमन समितिले सरकारले ८४ दिनदेखि जारी लकडाउनको समय दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

काँग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको उक्त समितिले कुनै ठोस कार्ययोजना र क्रियाशीलता विना सरकारले लकडाउन लम्ब्याएर लामो समय सत्ता संघर्षमा समय खेर फालेको निष्कर्ष निकालेको हो ।

पार्टी कार्यालय सानेपा ललितपुरमा पत्रकार सम्मेलन गरी महतले जनतालाई राहत र जीवन रक्षाको दरिलो विश्वास दिलाउनुपर्ने सरकार अत्यावश्यक स्वास्थ्य सामग्री खरिद देखि कोभिड-१९ नियन्त्रणका नाममा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

उनले भने, ‘दैनिक संक्रमितको संख्या उच्च छ । अहिलेसम्म कोभिड-१९ बाट १९ जनाको ज्यान गइसकेको छ भने ७३ जिल्लामा संक्रमण फैलिएको छ । एक हप्ता अगाडिको तुलनामा २३१२ जना थप संक्रमित भएका छन् ।

ज्यान गुमाएकाहरुमध्ये अधिकांशको मृत्युपछि कोभिड-१९ पुष्टि भएको हो । क्वारेन्टाइनको अवस्था भद्रगोल छ ।’सरकार आफैले तयार गरेको सामान्य मापदण्ड पनि क्वारेन्टिनमा लागू नभएको महतले बताए ।

क्वारेन्टिनमा दुई हप्ताभन्दा लामो समय बस्दा पनि परीक्षण नगरी घर पठाइएको र परीक्षण भएकाहरुको पनि लामो समय रिपोर्ट नआउँदा अन्यौलताको स्थिति निर्माण भएको उनको भनाइ छ । उनले भने, ‘कतिपय जिल्लामा कीटको अभावमा परीक्षण नै रोकिएका खबर आइरहेका छन् ।

क्वारेन्टाइनहरुमा स्वास्थ्य बाहेक अन्य हिंसाका घटनाहरु समेत सार्वजनिक भैरहेका छन् । कैलालीको लम्कीचुहा नगरपालिकाको क्वारेन्टिनमा सामूहिक बलात्कार जस्तो जघन्य अपराध हुनु निन्दनीय छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार