श्रावण ५, २०८२ सोमबार July 21, 2025

टोखा चण्डेश्वरीमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु

प्रत्येक हप्ताको बुधबार बिहान ८ देखि १० बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : काठमाडौँ टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु भएको छ । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

चालू आवमा स्वीकृत कार्यक्रमअन्तर्गत ३० वर्ष वा सोभन्दा बढी उमेर समूहका नागरिकलाई प्रत्येक हप्ताको बुधबार बिहान ८ देखि १० बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण गरिने अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा सुजाता नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम आजदेखि सुरु भएको हो ।

स्वास्थ्य परीक्षणअन्तर्गत विशेषज्ञ चिकित्सकद्वारा रोगसम्बन्धी जानकारी लिने, दम, खोकीसम्बन्धी जाँच, तौल तथा उचाइ र पेटको मोटाइसम्बन्धी जाँच, रक्तचाप, पिसाब परीक्षण, रगत जाँच गरिने डा नगरकोटीले बताउनुभयो ।

हरेक बुधबार दिशामा रगतको सुक्ष्म जाँच, रगतको सम्पूर्ण जाँच, मिर्गाैला, कलेजो तथा फोक्सोको जाँच, लिपिड प्रोफाइल, छातिको एक्सरे, अल्ट्रासाउण्ड, इसिजी र परामर्श सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षणका सम्पर्क व्यक्ति ईश्वरीप्रसाद पाठकले स्थायी बसोबास रहेको ठेगाना खुल्ने कागजातकोे प्रतिलिपी लिएर सेवा सेवा लिन सकिने बताउनुभयो । उहाँका अनुसार अस्पतालले प्रत्येक हप्ता ३० जनालाई सेवा प्रदान गर्नेछ ।

सेवा लिँदा अस्पतालमा उपस्थित भई नाम दर्ता गर्नुपर्ने, स्वास्थ्य परीक्षणका लागि आउने दिनमा खाली पेट आउनुपर्ने, रोगका बारेमा पहिल्यै पहिचान भएका बिरामीलाई भने उक्त सेवा प्रदान नगरिने अस्पतालले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार