मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

किसुन जी स्मृति हाफ म्याराथन चैतमा हुने

‘रन फर फन’ अन्तर्गत विद्यार्थीलगायतको पाँच किलोमिटर दौड पनि हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बागमती प्रदेशको आयोजनामा तेश्रो किसुन जी स्मृति राष्ट्रिय पुरुष तथा महिला हाफ म्याराथन चैत १७ गते हुने भएको छ ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार पाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष दीपक गुरुङले जानकारी दिनुभयो । नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सम्झनामा हुने म्याराथन गल्फुटारबाट सुरु भइ पुनः त्यही आएर टुंगिने छ ।

‘रन फर फन’ अन्तर्गत विद्यार्थीलगायतको पाँच किलोमिटर दौड पनि हुनेछ । उक्त दौडमा पुरुष/महिलातर्फ पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

म्याराथनको समापन समारोहमा खेल क्षेत्रमा योगदान दिनेलाई पनि नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सङ्घका सचिव दामोदर भट्टराई (बद्री) र सदस्य राजु बोगटीलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार