श्रावण ५, २०८२ सोमबार July 21, 2025

नर्भिक हस्पिटलकाे शनिवार नि:शुल्क ओपिडी सेवा

डा नुतन शर्मासहितको टोलीले बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाै‌ं, १७ माघ । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले यही माघ २० गते शनिबार नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । स्त्री रोग तथा निसन्तानसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै नर्भिक आईभीएफले एक दिनका लागि निशुल्क ओपिडीमार्फत सेवा दिन लागेको हो ।

नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा नुतन शर्मासहितको टोलीले बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ । डा शर्मासँग स्वास्थ्य जाँच वा परामर्श गर्न बिरामीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

नि:शुल्क ओपिडी सेवा बिहान १० बजेदेखी अपरान्ह ३ बजेसम्म संचालन हुनेछ भने एक सातासम्म फलोअप जाँच निशुल्क गरिएको नर्भिक हस्पिटलका सीईओ अजय कुमार मिश्राले जानकारी दिए । नि:शुल्क ओपिडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा पनि नाम दर्ता गराउन सक्ने अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधरण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिबार विभिन्न रोगसँग सम्बन्धित् विशेषज्ञ चिकित्सकद्वारा नि:शुल्क ओपिडी सेवा संचालन गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार