असार १२, २०८३ शुक्रबार June 26, 2026

दशैभर नारायणघाटबाट ठुला ट्रक काठमाडौं आउन नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालीहरुको महत्वपुर्ण पर्वहरु नजिकिएसँगै त्यसको व्यवस्थापनका लागि सरकार सक्रिय भएको छ ।

दशैंमा घर जाने यात्रुहरुका लागि मध्यनजर राख्दै सरकारले नारायणघाटबाट काठमाडौँ आउने सवारी साधनलाई रोक लगाएको छ । ठूला सवारी साधनबाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले असोज २४ देखि ३१

सम्म रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।
विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने रआउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुलागरेको हो ।

विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला गरिएकोजानकारी दिँदै यसबाट यात्रुलाई सहजरुपले गन्तव्यमा पु¥याउन र ल्याउनका लागि पालोपर्खनु नपर्ने जानकारी दिनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिवसरोज सिटौलाले इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमाल्याउन तथा लैजानका लागि सहज हुने बताउनुभयो ।

यसअघि सरकराले यात्रुहरुकोसुविधाका लागि भन्दै यात्रु सहायता कक्ष समेत स्थापना गरिसकेको छ । सातै प्रदेशमासहायता कक्ष स्थापना गर्ने तयारी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार