काठमाडौः कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको नेपाली काँग्रेसले आज ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ।
काँग्रेसले सात प्रदेशका मुख्य मन्त्रीलाई पनि ध्यानाकर्षण पत्र बुझाउने छ। साथै, आज नै विदेशस्थित दूतावासमा जनसम्पर्क समितिमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ।
काठमाडौं जिल्ला अदालत कार्यालय बबरमहलमा १२:४५ बजे भेला भएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन जाने कार्यक्रम तय भएको काठमाडौंका जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए ।
केन्द्रीय समितिको निर्णय अनुसार काँग्रेसले ७७ जिल्ला, सात प्रदेश र दूतावासमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया