काठमाडौं, १८ माघ, संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित पारित गरेको छ ।
संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भई सुझाव सहित प्रतिनिधि सभामा पेश भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक परिमार्जन सहित पारित भएको हो ।
समितिका सभापति रामहरि खतिवडाको अध्यक्षतामा बसेको बैठकमा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा तथा संशोधनकर्ता सांसदहरू सँग समेत सहभागी भई छलफलमा भाग लिनुभएको थियो ।
सरकारले विकास निर्माणका कामहरूलाई निर्धारित समयमा सम्पन्न नहुने र लागत बढ्ने लगायतका समस्याहरू समाधान गर्ने उद्देश्यले ल्याएको सो विधेयक संसद्को आगामी बैठकबाट पारित गर्ने तयारी गरिरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया